जेष्ठ २५, २०८२ शनिबार

नेपालगन्जका संक्रमित क्षेत्रमा सिल

केन्द्र र प्रदेशबाट बिज्ञ आउँदै –

गोविन्द शर्मा

बैशाख । नेपालगञ्जमा एकै टोलका १५ जनासहित १६ जनामा कोरोना संक्रमण पुष्ठि भएपछि सोमबार बाँकेका विभिन्न गाउँ सिल गरिएको छ ।

स्थानीय प्रशासनले नगरका अन्सायियान टोल,डिएसपी रोडको एउटा टोल,एक्लैनि टोल र धम्बोझी तीन दिन अघि देखि नै सिल गरेको छ । सोमबारदेखि खजुरा गाउँपालिका सिल गरिएको छ । नेपालगन्जका विभिन्न टोलमा स्थानीयले सिल गरेका छन । कोहलपुर नगरपालिकाले नेपालगन्ज सङ जोडिएको दक्षिणी क्षेत्र बन्द गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेशमान श्रेष्ठका अनुसार नेपालगन्जमा हाल संक्रमितको सम्पर्कमा आएका ब्यक्तिको कन्ट्याक्ट् ट्रेसिङ हुदैछ ।

केन्द्र र प्रदेशबाट प्राबिधिक टोलि आउदैछ । पहिलो संक्रमितको सम्पर्कमा आएका ९० जनाको स्वाब संकलन भएकोमा ३५ जनाको आज परीक्षण हुँदैछ । हिजो ५५ जनाको परीक्षणमा १५ कोरोना संक्रमित पहिचान भएको हो । हिजो पुष्टि भएका संक्रमित वडा नम्बर ८ का हुन । १६ जनाको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको छ ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  १० : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]