बैशाख २४, २०८१ सोमबार

राज्यमन्त्रीको पहलमा बेबारिसे ८ महिलाको उद्धार

बिर्तामोड । १ नम्बर प्रदेशलाई सडक मानव मुक्त बनाउने प्रदेश सरकारको लक्ष्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट सडकमा बस्ने ८ जना महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा पठाइएको छ ।

सांकेतिक तस्वीर

मेचीनगर नगरपालिकाका ५ र विर्तामोड नगपालिकाका ३ गरी आठ जनालाई १ नम्बर प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा विराटनगरको मानव सेवा आश्रममा पठाईएको सामाजिक विकास राज्य मन्त्री जसमाया गजमेरले जानकारी दिइन् ।

उनका अनुसार लकडाउनका कारण अहिले मानसिक सन्तुलन गुमाएका वा अन्य कारणले विचल्ली भएर सडकमा बस्न बाध्य अधिकांश मानिसहरुमध्ये महिला बढी जोखिममा परेकाले महिलाहरुलाई पहिलो प्राथमिकतामा राखेर आश्रममा लगिएको हो ।

आश्रममा ल्याइएकाहरुको आरडीटी र पीसीआर विधिबाट थ्रोड स्वाब संकलन गरी स्वास्थ्य परीक्षण गर्ने त्यसपछि नतिजा नेगेटिभ आए आश्रममा लैजाने पोजेटिभ आए कोरोना अस्पतालमा लगेर उपचार गर्ने राज्यमन्त्री गजमेरले जानकारी दिइन् । अहिले विश्वभर नोवल कोरोना भाइरस कोभिड १९ को संक्रमण भइरहेका बखत उनीहरुलाई सोझै आश्रममा राख्दा समस्या हुने भएकाले उनीहरुको स्वास्थ्य परीक्षण गर्नु परेको राज्यमन्त्री गजमेरको भनाई छ ।

राज्यमन्त्री गजमेरका अनुसार मानव सेवा आश्रममा ती व्यक्तिहरुलाई राख्ने र आश्रमलाई सामाजिक विकास मन्त्रालयले आर्थिक सहयोग गर्ने बताइन् । लकडाउन खुलेपछि सडकमा बस्ने पुरुषहरुलाई समेत सरकारले उचित व्यवस्थापन गर्ने राज्यमन्त्री गजमेरको बताइन् । मेचीनगरको काँकरभिट्टाबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाको प्रहरी टोलीको सहयोगमा मेचीनगर नगरपालिकाको एम्बुलेन्समा राखेर विराटनगर पठाइएको मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिएकी छन् ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  ५ : २१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]