जेष्ठ ६, २०८१ आईतबार

लोकप्रीय मेयरमाथि आपत्तिजनक शब्द प्रयोग, सञ्चारकर्मीले माफ माग्नुपर्छ : कनकाईवासी

झापा । पूर्वका लोकप्रीय मेयर राजेन्द्र पोखरेल र कनकाई नगरपालिकालाई जोडेर एभिन्यूजका कार्यक्रम प्रस्तोता शुसिल पाण्डेले प्रयोग गरेका शब्दप्रति नगरवासीले आपत्ति जनाएका छन् । उनीहरुले नगरपालिका परिवार र नगरवासीसँग माफी माग्न आग्रह समेत गरेका छन् ।

पर्याप्त काम गर्ने तर प्रचारमा आउन नचाहने मेयर पोखरेलमाथि राहत वितरणलाई लिएर बद्नाम गर्ने प्रयास भएको नगरवासीको आरोप छ । कार्यक्रम प्रस्तोतामाथि आक्रोसित कनकाई नगरवासीले पाण्डेलाई असभ्य सञ्चारकर्मीको संज्ञा दिएका छन् । निर्माण व्यवसायी शेर बहादुर थापाले राहत वितरण गर्न जाँदा नगरले प्रहरी पठाएर रोकेको भन्ने विषयलाई लिएर पाण्डेले मेयरलाई लक्षित गर्दै आपत्तिजनक शब्दको प्रयोग गरेका थिए ।

राजेन्द्र पोखरेल – मेयर

झापा जिल्लाभर स्थानीय सरकारसँग समन्वय गरेरै राहत वितरणलाई एकद्वार प्रणालीबाट व्यवस्थापन गर्ने पूर्ववत सहमतिलाई पालना गर्न आव्हान गरिएको थियो । सोहि अनुरुप झापाका १५ वटै स्थानीय सरकारले राहत वितरणलाई मनोमानी गर्न नदिई व्यवस्थान गर्दै आएका छन् । निर्माण व्यवसायी थापाले पनि नगरसँग समन्वय गरेर राहत दिन मिल्ने थियो । तर, गलत सन्देश दिन यसप्रकारको गतिविधि गरिएको नगरवासीको आरोप छ ।

कार्यक्रममा प्रस्तोता पाण्डेले मेयर पोखरेललाई आमाको कोखलाई धिक्कार गर्ने गरि काम नगर्नु, कुकुरभन्दा निच, कालो मसो दलेर घुमाएको समाचार पढ्नु नपरोस्, आसुरी, मान्छे नै भएर जन्मनु भएको जस्ता आपत्तिजनक, असभ्य र अमर्यादित शब्द प्रयोग गरेका थिए ।
इमान्दार छवि बनाएका मेयरलाई जवरजस्ती गलत सन्देश दिन खोजेको भन्दै पाण्डे विरुद्ध नगरवासी खनिएका छन् । उनिहरु भन्छन्, ‘यो पक्कै परिचालित मान्छे हो । नगरमा कोहि पनि मान्छे खान नपाएर तड्पिएको छैन । त्यस्तो खवर आए हामी आफै व्यवस्थापन गर्छौं ।’

एक नगरवासी लेख्छन्, शेर बहादुर ज्यू तपाईंले धेरै बिपन्न बर्गमा राहत पुर्याउनु भएको विभिन्न सन्चार माध्यमबाट सुनियो देखियो । यसको लागि हृदयबाट धन्यवाद् । तपाई जस्तो बिशाल हृदय भएको ब्यक्तिबाट अझ धेरै बिपन्न बर्गका ब्यक्तिहरुमा सहयोग पुगोस तर तपाईंमा अहंकार तेत्तिकै देखियो । तपाईले कनकाइ नगरका भोका नाङ्गालाई पालिदिएको छु भनेर जुन शब्द बोल्नु भो त्यसमा हामी कनकाईबासीको घोर आपत्ति छ । कनकाईबासीलाई कसैको भिख चाहिदैन । पत्रकार,(शुसिल पाण्डे) महोदय, तपाईले सबैको आवाज सुन्नुपर्छ र जनता माझ पुर्याउनु पर्छ । तर, आफ्नो मर्यादा के हो भन्ने भुल्नु हुन्न तपाईले । कसैको चरित्र हत्या गर्नु भन्दा पहिला उहाँसँग स्पस्टिकरण लिन समेत जरुरी सम्झनु भएन । नगर प्रमुख ज्यू, शेरबाहादुर ज्यूले तपाइँ अनि वडा अध्यक्षलाइ लगाउनु भएको आरोपमा के कति सच्चाइ छ । नगरबासीलाई स्पस्ट गराइदिनु होला । हाम्रो अनुरोध छ ।

यसैगरी पारस मैनालीले सामाजिक सञ्जालमा लेखेका छन्, विर्तामोड अलिपर शनिश्चरे नामक ठाउँमा क्रसर व्यवसाय संचालन गर्ने शेरबहादुर थापाले वहाँका सहयोगी हातहरु त्यही क्षेत्रका भोका र दुःखी का लागि खर्च गरे राम्रो हुन्थ्यो, जस्तो लाग्छ । यो नाटक कनकाईमा ठेक्का पट्टा गर्न राजेन्द्र कुमार पोखरेल ठुलो तगारो बनेकोले उत्पन्न भएको हो र कनकाई नगरपालिकावासीलाई बाहिरी सहयोगको आवश्यकता छ जस्तो मलाई लाग्दैन ।

कनकाईका अगुवा युवा जविन तिम्सिनाले पनि यस्ता पत्रकारले असल पत्रकारिताको बेइज्जत गर्ने लेखेका छन् । त्यसैले येस्ता पत्रकारलाई पत्रकारिताको भाषा सिकाउनु पर्छ । यी महामहिमले भनेको कुरा कनकाई नगरमा भएको छैन । यो भाषा प्रति नगरका नगर प्रमुख र वार्ड अध्यक्षसँग माफी माग्नु पर्छ । सम्पुर्ण महानुभावहरुमा अनुरोध । सबैले यो विषम परिस्थितिमा आआफ्नो ठाँउबाट सहयोग गर्नु भएको छ । यो कोरोनाको प्रकोपमा सबै एकसाथ जुटेर लग्नु पर्ने बेला छ । एभिन्यूज च्लानलले यो पत्रकारलाई हटाएन भने यो च्यानलको लोकप्रियता कम हुन जान्छ । एउटा अलिक अघि को उपेन्द्र यादवलाई नि नराम्रो तरिका अन्तरवार्ता लिएको थियो ।

झापाको कनकाई नगरपालिका विभिन्न हिसावले लोकप्रिय पनि छ । नगरका नागरिक पनि सचेत छन् । उनीहरु पाण्डेको भाषा प्रति खरो उत्रिएका छन् । उनै पाण्डेले तत्कालिन उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई एक अन्तर्वार्तामा असभ्य र अमर्यादित किसिमले प्रश्न गर्दा मन्त्रीले अन्तरर्वार्ता नै छोडेर हिडेका थिए ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  ५ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]