जेष्ठ ४, २०८२ शनिबार

सुरक्षाकर्मीलाई स्यानिटाइजर हस्तान्तरण

बिर्तामोड । झापाका चार वटा संस्थाले सिमा क्षेत्रमा रहेका सुरक्षाकर्मीका लागि स्यानिटाइजर हस्तान्तरण गरेका छन् ।

नेपाल परिवार नियोजन संघ झापा शाखाले १६ हजार रुपैयाँ र लेखापढी बचत तथा ऋण सहकारी संस्थाले १५ हजार रुपैयाँ, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन इकाइ समिति भद्रपुरले–१० हजार रुपैयाँ र झापा चारपानेको सौदाघर स्टोर्सले ७ हजार रुपैयाँ उठाएर सिमा सुरक्षामा रहेका सुरक्षाकर्मीलाई स्यानिटाइजर उपलब्ध गराएको परिवार नियोजन संघका सभापति तथा लेखापढी कानुन व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्टराईले जानकारी दिए ।

‘जिल्ला प्रहरी कार्यालय झापा मार्फत् सिमा क्षेत्रका सुरक्षाकर्मीका लागि स्यानिटइजरको व्यवस्था गरेका हौं’, सभापति भट्टराईले भन्नुभयो, ‘लेखापढी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महेशकुमार भट्टराई, कोषाध्यक्ष मुरारी न्यौपाने, परिवार नियोजन संघका कार्यालय प्रमुख सुजन काफ्ले, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन इकाइ समिति भद्रपुरका कोषाध्यक्ष प्रकाश निरौला, सौदाघरका बालकृष्ण घिमिरेको भुमिका महत्वपूर्ण छ ।’
नेपाल परिवार नियोजन संघ झापा शाखा र नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन इकाइ समिति भद्रपुरले यसअघि प्रदेश सरकारको कोरोना जनसुरक्षा कोषमा ५१–५१ हजार रुपैयाँ जम्मा गरेका थिए ।

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]