बैशाख २५, २०८१ मंगलबार

साँझमा झापा गाउँपालिकामा ‘गोली’ चल्यो, व्यापक सुरक्षाकर्मी परिचालन

बिर्तामोड । झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासको सुरक्षा प्रहरी पोस्ट क्षेत्रमा हवाई फायर भएको छ । अज्ञात भारतीय समुहबाट हुल हुज्जतसहित नेपाली सुरक्षाकर्मीमाथि आक्रमण प्रयास भएपछि हवाई फायर गरिएको छ ।

स्थानीयका अनुसार सो घटनाअघि भारतीय नागरिक पाहुनाखान नेपाल प्रवेश गरेका थिए । जवरजस्ती प्रवेश गर्न खोजेपछि सिमामा तैनाथ नेपाली सुरक्षाकर्मीले उठबस गराएर भारत तर्फ नै फिर्ता पठाइएको बुझिएको छ । उनै व्यक्तिले ल्याएको समूहले सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गरेको हुन सक्ने स्थानीयको भनाई छ । आज बेलुका पाँच बजे सो घटना भएको थियो । सुरक्षाकर्मी माथि नै आक्रमण प्रयास भएपछि नेपाल र भारत दुवै तर्फ सुरक्षाकर्मीको बाक्लो परिचाल गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रदेश सांसद हिरा थापाले यो घटनाका विषयमा सो क्षेत्रको जनप्रतिनिधि समेत भएको नाताले गम्भीर रुपमा ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘विश्व महामारीको यस परिस्थितिमा सिमा क्षेत्रमा भारतीय नागरिकबाट गरिएको यो किसिमको गतिबिधि निन्दनीय र खेदजनक छ’, सांसद थापाले सामाजिक सञ्जालमा लेख्नु भएको छ, ‘भारतीय सुरक्षा निकाय र सरकारको तर्फबाट यी खाले गतिबिधि छिमेकीमैत्री, दुई देशीय हित र पारस्पारिक लाभको आधारमा पुर्ण नियन्त्रण गर्नको लागि जोड्दार रुपमा अपिल गर्दछु ।’

सांसद थापाले झापा गाउँपालिकाका जनताको समयमा नै जिउ धनको सुरक्षाको उचित ब्यबस्था गर्नका साथै थप सुरक्षा प्रबन्ध मिलाउन झापा जिल्ला प्रशासन, सुरक्षा निकाय र नेपाल सरकारको समेत ध्यान आकर्षण गराउँदै अगाडि लेख्नुएको छ, ‘कोरना संकटको यो माहामारीमा कोरना बिरुद्धको अभियानमा संपुर्ण जनप्रतिनिधि, राजनीतिक कार्यकर्ता, समाजसेवी सबैलाई सिमाक्षेत्रमा आवत जावत हुने गतिबिधिमा सचेत रहन र पुर्ण नियन्त्रण गर्न, सुरक्षाकर्मीलाइ साथसहयोग गर्न, यो बखतमा संयमता अपनाउन समेत सम्पुर्ण झापा गाउँवासी जनसमुदायमा हार्दिक अपिल गर्दछु ।’

प्रकाशित मिति : बैशाख २२, २०७७ सोमबार  १० : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]