पूर्व विधार्थीद्वारा पाँच क्विन्टल चामल सहयोग
बिर्तामोड । माइ नगरपालिका इलामको राहत कोषमा पूर्व विधार्थीले चामल सहयोग गरेका छन् । २ नंं.वडामा रहेको कनकाई माध्यमिक विधालयका पूर्व विधार्थीले ५ सय केजी सोना सन्सुली चामल सहयोग गरेको पूर्व विधार्थी जीवन घिमिरेले जानकारी दिए ।

उनका अनुसार तत्कालिन एसएलसी ०६६ व्याजका विधार्थीले उक्त चामल नपाको विपत व्यवस्थापन कोषलाई हस्तान्तरण गरेको छ । २३ जना विधार्थिले आफु अध्ययन गरेको क्षेत्रमा विपन्न नागरिकको सहायताका लागि सहयोग गरेको बताएका छन् । २६ हजार मुल्य बराबरको चामल विधार्थी सोमवार नगरपालिकालाई हस्तान्तरण गरेका हुन् ।