बैशाख २४, २०८१ सोमबार

बिर्तामोडमा ‘एकका लागि एक’ अभियान अन्तर्गग राहत वितरण

बिर्तामोड । ‘एकका लागि एक’ अभियान अन्तर्गत झापा जिल्लाभर राहत वितरणको काम भइरहेको छ ।

आज सोहि अभियान अन्तर्गत झापाको बिर्तामोड –१ मा रहेका असंगठित ३० मजदुर परिवारलाई राहत वितरण गरिएको छ । सहारा नेपालले ‘एकका लागि एक’ अभियान अन्तर्गत विपन्न मजदुर परिवारलाई अन्तराष्ट्रिय मजदुर दिवसबाट राहत वितरणको थालनी गरेको थियो ।

स्थानीय तहको एकद्वार प्रणालीबाट राहत वितरणको लागि समन्वय भइरहेको सहारा साकोस बिर्तामोडका प्रमुख घनश्याम रायले जानकारी दिए । वडाले विपन्न मजदुरको पहिचान गरेर दिएको विवरणका आधारामा राहत वितरण गरिएको उनको भनाई छ ।

‘एकका लागि एक’ अभियान एक परिवारले अर्को एक परिवारलाई सहयोग गर्ने कार्यक्रम हो । अभियान अन्तर्गत १ हजार परिवारलाई राहत दिने लक्ष्य बनाइएको छ । खोलामा गिटी कुटेर खाने, निर्माण क्षेत्रमा क्रियाशिल मजदुरलाई लक्षित गरेर यो अभियान सञ्चालन गरिएको हो । सहारा नेपाल साकोसका अनुसार १० भन्दा बढि संघ संस्थाको समन्वय र सहकार्यमा कार्यक्रम तयार गरिएको हो । त्यसमा चामल, नुन, तेल , दाल र सावुन उपलब्ध गराइनेछ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  १२ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]