बैशाख ८, २०८१ शनिबार

नयाँ ट्याक्टर नियन्त्रणमा लिएको केही बेरमै झापामा ‘हवाई फायर’

बिर्तामोड । झापा गाउँपालिकास्थित नेपाल–भारत सीमामा सोमवार साँझ नेपाली सुरक्षाकर्मीले हवाई फायर गर्नुपर्यो । अज्ञात भारतीय समूहले नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि हवाई फायर गरिएको थियो ।

सो घटनाको केहि समयअघि नयाँ ट्याक्टर र त्यसैमा जडान गरिएको थ्रेसर (अनटेष्ट) भारतबाट नेपाल तर्फ भित्र्याउने प्रयास गरिएको थियो । लकडाउनले सीमा क्षेत्र पूर्ण रुपमा बन्द भएका बेला भन्सार छलेर ट्याक्टर र थ्रेसर भित्र्याउन खोजिएपछि बिओपी टाघनडुब्बाले नियन्त्रणका लिएको छ । ट्याक्टर लिएर नेपाल प्रवेश गर्ने भने फरार भएको बिओपी टाघनडुब्बाले जनाएको छ ।

सो ट्याक्टर बिओपीले झापा गाउँपालिका –५ खयरवारी क्षेत्रबाट बेलुका ४ बजे नियन्त्रणमा लिएको हो । सो ट्याक्टर र थ्रेसर ल्याउने चालक सहित २ जना फरार भएको बताइएको छ । दुवै साधन भन्सार कार्यालय बुझाउने तयारी भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार ट्याक्टर लिएर आउनेसँग अज्ञात समूहको कुनै सम्बन्ध छैन ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  १ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]