बैशाख १२, २०८१ बुधबार

सुरक्षाकर्मीमाथि आक्रमण प्रयास गर्ने भारतीयले माफी मागे, कारवाही गर्ने प्रतिबद्धता

बिर्तामोड । डिउटीमा बसेका नेपाली सुरक्षाकर्मीलाई आक्रमण प्रयास गर्ने भारतीय नागरिकले माफी मागेका छन् । झापा गाउँपालिका वडा नम्वर ४ को जङे पिलर १३१ नम्वर आसपासमा सुरक्षार्थ खटिएका नेपाली सुरक्षाकर्मीमाथि सोमवार साँझ आक्रमण प्रयास भएको थियो ।

आज भारतीय सीमा सुरक्षा बल एसएसबीका किसनगञ्जका प्रमुख र नेपालका तर्फबाट झापाका प्रदेश सांसद हिरा थापासहित सुरक्षा निकायका प्रमुख, जनप्रतिनिधि र राजनीतिक दलका प्रमुखहरुबीच घटनाका बारेमा छलफल भएको छ । सुरक्षामकर्मीमाथि आक्रमण प्रयास गर्ने भारतीय नागरिक र भारत तर्फका सुरक्षा निकाय , प्रशासन लगायतले माफी मागेपछि मुख्य संलग्नलाई भारतीय प्रशासनले कारवाही गर्ने सर्तमा छोडिएको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।

आफन्तको घरमा नेपाल प्रवेश गर्न लाग्दा भारतीय नागरिकलाई नेपाली सुरक्षाकर्मीले रोकेका थिए । जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सामान्य कारवाही गरिएको थियो । कारवाही गरेकै कारण भारतीयले नजिकै रहेको आफ्नो बस्ती पुगेर १ सय ५० भन्दा बढि भारतीय ल्याएर आक्रमण प्रयास गरिएको थियो । नेपाली सुरक्षाकर्मीले हवाई फायर नगरेको भए ठुलो दुर्घटना समेत हुन सक्ने थियो, झापाका एक सुरक्षा अधिकारीले भने । उनीहरुबाट सबैले माफी मागेर कारवाही गर्ने प्रतिबद्धता जनाएपछि छोडिएको उनको भनाई छ । घटनास्थल र भारतीय बस्ती नजिकै रहेको प्रमुख पोर्तेलले जनाएका छन् ।
नेपाल–भारत सीमामा अहिले जिल्ला स्तरीय कोरोना रोकथाम तथा अनुगमन समिति झापाले अवलोकन गरिरहेको छ ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  २ : २५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]