बैशाख २५, २०८१ मंगलबार

जिप्रका झापामा नयाँ डीआइजीको निरीक्षण

बिर्तामोड । १ नंं प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) ईश्वरबाबु कार्कीले जिल्ला प्रहरी कार्यालय झापाको अनुगमन गरेका छन् ।

प्रमुख कार्की निरीक्षण तथा अनुगमनको शिलशिलामा आज विहान जिल्ला प्रहरी झापाको कार्यालय आएका थिए । १ नं. प्रदेश कार्यालयमा जिम्मेवारी सम्हालेपछि पहिलो पटक झापा आएका डीआइजी कार्कीले जिल्लाको वर्तमान शान्ति सुरक्षाको अवस्थामा जानकारी लिएका छन् ।

झापाका प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार कोरोना भाइरस संक्रमणको रोकथाम तथा न्यूनिकरणको लागि भएका प्रयास एंव गतिबिधि, सिमा सुरक्षा ब्यवस्था, कार्यालयको प्रशासनिक काम कारवाही लगायतको सम्बन्धमा जानकारी गराइएको छ । निरिक्षण एवम् अनुगमनमा आएका डीआइजी कार्कीले कार्यालय मातहत प्रहरी इकाई प्रमुख तथा कार्यरत प्रहरी कर्मचारीहरुलाई विभागीय निर्देशन दिएका छन् । कोविड –१९ नियन्त्रण सम्बन्धमा आवश्यक निर्देशन समेत दिएको उपरीक्षक कोइरालाले जानकारी दिए ।

प्रकाशित मिति : बैशाख २३, २०७७ मंगलबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]