जेष्ठ १, २०८१ मंगलबार

कोरोना संक्रमित ६ जनालाई आज डिस्चार्ज गर्ने

बिर्तामोड । विराटनगरमा उपचार गराइरहेका ६ कोरोना संक्रमित भारतीय नागरिक कोरोना मुक्त भएका छन् । उनीहरुलाई आज डिस्चार्ज गर्ने तयारी भएको छ । उदयपुरको एक मस्जिदमा बसिरहेका उनीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि बैशाख ५ र ६ गते विराटनगरस्थित कोसी अस्पतालको कोरोना उपचार केन्द्रमा भर्ना भएका थिए ।

६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले बुधबार डिस्चार्ज गर्ने तयारी रहेको प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । ‘५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जना मध्ये ६ जना मुस्लिम धर्म प्रचारक जमातीले कोरोना जितेका हुन’ मन्त्री घिमिरेले भने ‘उनीहरुलाई डिस्चार्ज गर्दैछौं ।’

डिस्चार्ज हुनेमा ३०, २९, २८, २१, ३४ र २६ वर्षीय भारतीय नागरिक रहेका छन् । हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई डिस्चार्जपछि तत्काल विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिने मन्त्री घिमिरेले बताए ।

मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था रहेकोले उनीहरुलाई मस्जिदमै राखिने तयारी भएको हो । कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलका अनुसार सबैको कोरोना पुनः परीक्षण गरिएकोमा ६ जनाको नेगेटिभ रिपोर्ट आएको हो । विराटनगरको कोरोना अस्पतालमा ३१ जना स्रक्रमित उपचाररत् छन् । तीमध्ये २८ जना उदयपुरमा भेटिएका संक्रमित हुन् ।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ९ : २७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]