जेष्ठ १, २०८१ मंगलबार

कोरोना जितेपछि ६ जना भारतीय डिस्चार्ज

रविन भट्टराई

विराटनगर : कोरोना संक्रमण देखिएर विराटनगरमा उपचार गराइरहेका ६ जना आज बिहान डिस्चार्ज भएका छन्। डिस्चार्ज हुने सबै भारतीय नागरिक हुन्। 

बिहान विराटनगरस्थित कोरोना विषेश अस्पतालमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई सामाजिक विकास मन्त्री जिवन घिमिरेले अस्पतालबाट बिदा गरेका हुन्। उदयपुरको एक मस्जिदमा बसेको समयमा कोरोना संक्रमण पुष्टि भएका १२ जनामध्ये ६ जनाको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएकाले उनीहरुलाई डिस्चार्ज गरिएको हो।

एकै समय कोरोना संक्रमण भएकामध्ये उनीहरुको तीन पटक सम्मको परीक्षणमा कोरोना नेगेटिभ देखिएको कोरोना विशेष अस्पतालका प्रमुख डाक्टर दीपक सिग्देलले जनाकारी दिए। अस्पतालमा उपचार गराइरहेका ३१ जनामध्ये डिस्चार्ज भएका बाहेकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको छ। डिस्चार्ज भएकाहरुले सञ्चारकर्मीसँग कुरा गर्दै अस्पतामा राम्रो रेखदेख र स्याहार भएको प्रतिकृया दिए।  ५ र ६ बैशाखमा अस्पताल भर्ना भएका १३ जनामध्ये आज डिस्चार्ज भएका ६ जना मुस्लिम धर्म प्रचारक जमातीले हुन्। 

डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद राशिद रहेको मन्त्री घिमिरेले जानकारी दिए। डिर्चार्ज भएपछि उनीहरुको अनुमतिमा नै सामाजिक विकास मन्त्री जिवन घिमिरेले नाम सार्वजनिक गरेका हुन्। 

डिस्चार्जपछि उनीहरुलाई एम्बुलेन्समा राखेर विराटनगर–१६ रानीको एक मस्जिदमा निर्माण गरिएको क्वारेन्टाइनमा लगिएको छ। सबै भारतीय नागरिक रहेको र हाल नेपाल–भारत दुवैतर्फ लकडाउन भएकाले उनीहरुलाई तत्काल त्यहिँ राखिने बताईएको छ। मस्जिदमा १० वटा बेडरुम र अलग्गै १० वटा शौचालयको व्यवस्था गरिएको छ।  

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]