जेष्ठ १, २०८१ मंगलबार

प्रदेश १ मा ८२ सयको कोरोना परीक्षण

विराटनगर । प्रदेश १ मा द्रूत परीक्षण विधि (आरडिटी) र ल्याबमा गरिने परीक्षणबाट बुधबारसम्म जम्मा ८ हजार २ सय ९१ जनामा नमूना परीक्षण भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कका अनुसार यसरी परीक्षण गरिएकामध्ये आरडीटीतर्फ ६ हजार ५ सय ५९ जनाको नमूना परीक्षण भएको छ । पिसिआरबाट १ हजार ७ सय ३२ जनाको नमूना परीक्षणको लागि ल्याबमा पठाइएको छ । तीमध्ये एक हजार ६ सय ९५ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यता, प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको संख्या बुधबारसम्म कूल १ हजार ६ सय ५१ छ । आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ४२ जना छन् । ६ जना डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ६ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]