जेष्ठ २६, २०८२ आईतबार

नेकपा स्थायी कमिटीको बैठक स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ । शनिबार बसेको सचिवालय बैठकले २५ गते स्थायी कमिटीको बैठक बोलाइएको थियो । तर बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले बैठकको प्रस्ताव तयार पार्न नभ्याएको बताएका थिए ।

‘सचिवालयले हामीलाई प्रस्ताव तयार पार्ने जिम्मा दिएको थियो । हामीले भ्याएनौं’ महासचिव विष्णु पौडेलले भने, ‘भोलिको बैठक स्थगित भएको छ । अर्को बैठकको मिति पछि तय हुन्छ ।’


प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ७ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]