बैशाख ८, २०८१ शनिबार

पैदलै सुर्खेत हिडेका मजदुरलाई गौरीगञ्ज फर्काइयो

बिर्तामोड । झापाबाट सुर्खेत फर्किएका मजदुरलाई गौरीगञ्ज फर्काइएको छ । हुलाकी राजमार्गमा कार्यरत मजदुरले भनेजस्तो काम र ज्याला नपाएको भन्दै पैदलै घर जान हिडेका थिए । सुर्खेत र बाँकेका ३४ मजदुरलाई गौरादह –७ मा स्थानीय युवाले रोकेका हुन् ।

सुर्खेतका ३० र बाँकेका ४ जना मजदुरलाई गौरादहमै अर्को व्यवस्था नभएसम्मका लागि खानबस्न सहित राखिएको थियो । हुलाकी सडक अन्तर्गत गौरीगञ्ज सडक खण्डमा कार्यरत मजदुरलाई बाटोमा थप समस्या नहोस् भनेर स्थानीय युवाको सहयोगमा रोकिएको गौरादह –७ का वडाध्यक्ष बलराम खरेलले जानकारी दिए । नेपालगञ्जमा कफ्र्यू लागेको छ, हिडेरै जान सक्ने अवस्था पनि नभएकाले उनीहरुलाई रोकेको वडाध्यक्षको भनाई छ ।

दैनिक ज्यालादारीमा आएका मजदुरलाई ठेक्कामा काम गर्न भनेपछि उनीहरु काम छोडेर फर्किन खाजेका थिए । दैनिक १ हजार र १२ सयका दरले ज्याला दिने सहमतिमा ल्याइए पनि दक्षता अभाव भएकाले ठेकेदारले सो रकम नदिएको बुझिएको छ । मजदुरका टोली नाइके लालविर बिकले कामदारले ज्याला र ठेक्का विवादमा काम रोकेपछि समस्या उब्जिएको बताए । केहि दिन पेटिठेकेदारले खाना खुवाए, रासनको पैसा पनि कटाएपछि घर फर्किनै उचित लागेर हिडेको उनको भनाई छ । काम रोकेपछि खाना नखुवाउने भनेपछि मजदुर घर लागेका थिए ।

मोतीदान कन्ट्रक्शनका प्रोजेक्ट म्यानेजर दिपक श्रेष्ठले पास मिलाएर घर फर्काउने तयारी गर्दागर्दे उनीहरु खवर नगरी हिडेको जानकारी दिए । अहिले उनीहरुलाई ठेकेदारले नै खानपिनको बन्दोबस्त गर्ने गरी गौरादहबाट गौरीगञ्ज–३ स्थित गौरीगञ्ज माविमा ल्याइ राखिएको छ ।

प्रकाशित मिति : बैशाख २४, २०७७ बुधबार  ८ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]