बैशाख ७, २०८१ शुक्रबार

लुकुछिपी झापा छिरेकालाई क्वारेन्टाइनमा राखिएन

बिर्तामोड । भारतबाट झापा गाउँपालिका छिरेका १० जना नेपाली नागरिकलाई क्वारेन्टाइनभन्दा बाहिरै राखिएको छ । नेपाल–भारत बोर्डर पूर्ण रुपमा शिल भएको अवस्थामा छिरेका उनीहरुलाई क्वारेन्टाइमा राख्न नमिल्ने भन्दै सीमा नजिकै रहेको बिधालयमा राखिएको छ ।

झापा गाउँपालिकाका सूचना अधिकारी हिमाल मिश्रका अनुसार सुरक्षा निकायकै आदेशमा क्वारेन्टाइनमा नराखिएको जानकारी दिए । उनका अनुसार शिल भएको बोर्डरबाट छिर्नेलाई सिधै क्वारेन्टाइमा राख्न कानुनी अड्चन छ ।

भारतको विभिन्न ठाउँमा कार्यरत नेपालीलाई भारतीय प्रशासनले बुधबार विहानै बोर्डरमा ल्याएर छाडिदिएको बुझिएको छ । झापाको कनकाई, बुद्धशान्ति,अर्जुनधारा,झापा गापासहित तेह्रथुम र संखुवासभाका नागरिक अहिले झापाको वडा नं. १ मा राखिएको छ । गाउँपालिकाले वडा नं. ४मा बनाएको क्वारेन्टाइन ल्याइर पनि उनीहरुलाई फर्काइएको छ । बोर्डरबाट छिरेर मकैबारीमा लुक्दैलुक्दै नेपाल प्रवेश गरेको स्थानीयको भनाई छ ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ११ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]