जेष्ठ १, २०८१ मंगलबार

‘हटस्पट’ जिल्लामा तीब्र परीक्षण हुँदै

काठमाडौं । स्वास्थ्य मन्त्रालयले नोभेल कोरोना भाइरसबाट बढी प्रभावित जिल्ला उदयपुर, वीरगन्‍ज र नेपालगन्जमा २५ सयको कोरोना परीक्षण गरिने जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ‘हटस्पट’ – (कोरोना संक्रमण बढी) देखिएका तीन जिल्ला उदयपुर, वीरगन्‍ज र नेपालगन्‍जमा नमुना संकलन गर्न काठमाडौंबाट इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा र नेपाली सेनाको टिमले नमुना संकलन गरिरहेको छ ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटालले उदयपुरमा ५ सय, वीरगन्‍जमा १ हजार र नेपालगन्ज १ हजार नमुना संकलन गरिने बताए । उनले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेतृत्‍वमा नेपाली सेनाको टिम ती क्षेत्रमा नमुना संकलन गरिरहेको मन्त्रालयका प्रवक्ता डा।देवकेटाले जानकारी दिए ।

मन्त्रालयले बिहीबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले आजसम्म १४ हजार ५०९ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको जानकारी दिए ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको आशंकामा एक हजार ४सय ५१ वटा नमुना परीक्षण भएको उनले जानकारी दिए । उनले आरडीटी विधिबाट ५४ हजार ९३ हजार जनाको कोरोना भाइरसको आंशकामा नमुना परीक्षण गरिएको बताए ।

बिहीबार देशैभरको विभिन्‍न अस्पतालको आइसोलेनमा एक सय ३३ जना रहेका छन् । जसमा काठमाडौं उपत्यकामा तीन जना र उपत्यकाबाहिर एक सय ३० जना रहेका उनले बताए ।

मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमितको संख्या ९९ जना रहेका छन् । जसमा ७१ जना पुरुष र २८ जना महिला रहेका छन् । अस्पतालमा उपचाररत ८० जनाको स्वास्थ्य अवस्था सामान्य हरेका छन् जसमा ७७ जना पहिलो पटक कोरोना संक्रमण देखिएर उपचाररत छन् भन् अन्य ३ जनामा पून कोरोना संक्रमण देखिएर उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

बिहीबार सातै प्रदेशका क्‍वारेन्टाइनमा १७ हजार ३ सय ७२ जना रहेको छन् । गत २४ घण्टामा मन्त्रालयको ‘हाम्रो स्वास्थ्य‘ मोबाइल एपमा २ जना रेड जना रेड जोनमा परेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ५ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]