जेष्ठ ३, २०८१ बिहीबार

पुराणको १,२०,९२३ रुपैँया उठ्न बाँकी

बुधबारे । झापाको मेचीनगर –१२ सहरेडाँगीमा रहेको माधव संस्कृत विद्याश्रम एवम् माधवेश्वर शिव पाञ्चायन मन्दिरमा गत चैत्र २ देखि १० चैतसम्म भएको श्रीमद् आनन्द रामायण धन धान्याञ्चल नवाह ज्ञान महायज्ञको आय व्यय सार्वजानिक गरिएको छ ।

विद्याश्रमका अध्यक्ष डिल्लीराम भण्डारीको अध्यक्षतामा आयोेजित आयव्यय सार्वजनिक कार्यक्रममा महायज्ञको प्रतिवेदन सचिब मधु निरौलाले प्रस्तुत गरेका थिए भने आयव्ययको प्रतिवेदन लेखा सदस्य टीकाराम रिजालले गरेका थिए ।

महायज्ञमा २८ लाख ७१ हजार ६ सय २४ रुपैँया जम्मा आम्दानी भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ९ लाख ९२ हजार १ सय ९८ खर्च भएको लेखा समितिका सदस्य टीकाप्रसाद रिजालले बताएका छन् । जसमध्ये उठ्न बाँकी रकम १ लाख २० हजार ९ सय २३ रहेको छ भने बैँकमा बचत रकम १७ लाख ५८ हजार ५ सय ३ रहेको जनाइएकोे छ ।


समितिका कोषाध्यक्ष तिलक गिरिले सानो क्षेत्रफलमा फैलिएको विद्याश्रमले अनेक लक्ष्य लिए पनि आर्थिक अभावका कारण पूरा गर्न नसकिरहेको अवस्थामा विद्याश्रमको निर्माणाधीन भवन पूरा गर्ने, पाकशाला घर र गौशाला निर्माण गर्ने तथा विद्याश्रमको घेराबारा गर्ने आदि लक्ष्य राखेर लगाइएको पुराणमा जहाँबाट जसरी सहयोग पुर्याउने सबैप्रति आँफू कृतज्ञ भएको र पुराण्मा सहयोग पुर्याउने सबैलाई धन्यवाद दिएका थिए ।

महायज्ञमा आचार्य छन्दुराम भण्डारी प्रमुख वाचक तथा सोही विद्याश्रमका प्राध्यापक युवा पण्डीत पुण्यप्रसाद रिजाल उपवाचक रहेका थिए । हाल बिद्याश्रममा ताप्लेजुङ, पाँचथर, इलाम, झापा, भारतको सिक्किम र आसाम लगायतका गरी ५५ जना विद्यार्थी अध्ययनरत् छन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  ६ : ३० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]