बैशाख ७, २०८१ शुक्रबार

७८ परिवारलाई कांग्रेसले दियो राहत

दमक । नेपाली कांग्रेस झापा दमक नगर समिति अन्तर्गत ४ नं वडा समितिले ७८ घरपरिवारलाई राहत वितरण गरेको छ ।

लामो समयको लकडाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई कांग्रेसका स्थानीय क्रियाशिल सदस्यहरुको सहयोगमा ७८ घरपरिवारलाई राहत वितरण गरिएको हो ।
नेपाली कांग्रेसका तर्फबाट वडाअध्यक्षका उम्मेद्वार तथा नेपाल किसान संघका अध्यक्ष राजेन्द्र भट्टराई र नेपाली कांग्रेस ४ नं वडा समितिको सक्रियतामा अति विपन्न परिवारलाई चामल, दाल, नून तेल लगायतका सामग्री राहतस्वरुप प्रदान गरिएको थियो ।

संविधानसभा सदस्य महेन्द्राकुमारी सुब्बासहित कांग्रेसका नेताहरुले विपन्न मजदुर तथा किसान परिवारलाई राहत वितरण गरेका थिए । सरकारले एकसाताका लागि गरेको लकडाउन पटक–पटक थप गर्दै सातौं हप्तामा पु¥याउँदा मजदुर तथा विपन्न किसान वर्गको दैनिकी कष्टकर बन्दै गएको छ । विपन्न वर्गका अधिकांश घरपरिवारले सहयोगी हात खोजीरहेका बेला कांग्रेस कार्यकर्ता राहत लिएर पुगेपछि दमक नगरपालिका–४ नं वडा कञ्चन टोल विकास क्षेत्र र जानकी टोल विकास क्षेत्रका बासिन्दाले खुशी ब्यक्त गर्दै धन्यवाद ज्ञापन गरेका थिए ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ६ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]