जेष्ठ १, २०८१ मंगलबार

प्रदेश १ मा कोरोना जित्ने ८ जनालाई भोली डिस्चार्ज गर्ने

विराटगर । प्रदेश १ मा थप ८ जनाले कोरोनालाई पराजित गरेका छन् । उनिहरुलाई भोलि (शुक्रबार) डिस्चार्ज गरिने भएको छ ।

दोस्रो पटक आरटी पिसिआर गर्दा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गर्न लागिएको हो । हिजो मात्रै ६ जना कोरोनालाई पराजित गर्दै डिस्चार्ज भएका थिए । यतिबेला कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा २५ जना रहेका छन् । भोलि ८ जना डिस्चार्ज भएपछि १७ जना रहने छन् । उनिहरु सबैको अवस्था सामान्य रहेको छ । प्रदेश १ मा जम्मा कोरोना संक्रमितको संख्या ३१ थियो ।
प्रदेश १ मा पिसिआरबाट हालसम्म १ हजार ७ सय ८९ जनाको परीक्षण गरिएको छ ।

त्यस्तै आरडिटिबाट ६ हजार ८ सय ३१ जनाको परीक्षण भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत रहेको कोरोना सूचना डेस्कले जनाएको छ ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ६ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]