जेष्ठ २६, २०८२ आईतबार

बालुवाटारमा दीप प्रज्वलन

काठमाडौं – सरकारका उच्चपदस्थ अधिकारीहरुले प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ दीप प्रज्वलन गरेका छन् ।

बुद्ध जयन्तीको अवसर र कोरोना भाइरस विरुद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मी लगायतको सम्मानस्वरुप सरकारले दीप प्रज्वलन गर्ने निर्णय बुधबार नै गरिसकेको थियो ।

सरकारले सबै नागरिकहरुलाई दीप प्रज्वलन गर्न आह्वान समेत गरेको थियो । सोही अनुरुप बिहीबार साँझ बालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र अन्य मन्त्रीहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका थिए । कार्यक्रममा बुद्ध धर्मावलम्वी अगुवाहरु समेत सहभागी थिए । कार्यक्रममा बुद्ध धर्मावलम्वीहरुका आस्थाको केन्द्र गौतम बुद्धको प्रतिमा राखी वरपर रंगीचंगी बत्ती बालिएको थियो ।

प्रकाशित मिति : बैशाख २५, २०७७ बिहीबार  ८ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]