जेष्ठ १, २०८१ मंगलबार

कोभिड-१९ : विश्वभर २ लाख ७० हजार वढीको ज्यान गयो

काठमाडौं, वैशाख २६ : कोरोना भाइरसको महामारीका कारण विश्वभर २ लाख ७० हजार ४ सय २१ जनाको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म ३९ लाख १३ हजार ३ सय ७८ जना संक्रमित मध्ये १३ लाख ४० हजार ८ सय १४ जना उपचारपछि निको भएका छन् । पछिल्लो तथ्यांक अनुसार कोरोनाका कारण अमेरिकामा ७६ हजार ९ सय २५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १२ लाख ९२ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्र अमेरिकामा २ हजार भन्दा बढीको मृत्यु भएको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ६ हजार नाघ्दा ३० हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ ।

इटालीमा २ लाख १५ हजार ८ सय भन्दा बढी संक्रमितमध्ये २९ हजार ९ सय ५८ जनाकोे मृत्यु भएको छ । स्पेनमा २ लाख ५६ हजार ८ सय जना कोेरोना संक्रमित मध्ये २६ हजार भन्दा बढीको मृत्यु भएको छ ।

भारतमा ५६ हजार ३ सय भन्दा बढी संक्रमित हुँदा  एक हजार ८ सय ८९ को मृत्यु भएको छ ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]