बैशाख २५, २०८१ मंगलबार

कनकाईका मेयरलाई असभ्य गाली गर्ने सञ्चारकर्मी पाण्डे विरुद्ध काउन्सिलमा उजुरी

बिर्तामोड । अधिकांशलाई अन्तरवार्तामा आलोचनाको सट्टा अपमान गर्ने एभिन्युज टेलिभिजनका कार्यक्रम प्रस्तोता शुसिल पाण्डे बिरुद्ध कनकाई नगरपालिकाले कारवाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी गरेको छ । कनकाई नगरपालिकाका प्रवक्ता गोविन्द पौडेलले उजुरी गरेको जानकारी दिएका छन् ।

कनकाई सुरुङ्गा प्रेस क्लवले आज आयोजना गरेको अन्तरक्रियामा बोल्दै कनकाई नगरपालिकाका प्रवक्ता पौड्यालले नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेल सहित अन्य जनप्रतिनिधिलाई जोडर असभ्य, अमर्यादित र आपत्तिजनक शब्द प्रयोग गरेकोले एभिन्युज र कार्यक्रम प्रस्तोता शुशिल पाण्डे विरुद्ध एभिन्युज , प्रेस काउन्सिल र पत्रकार महासंघ केन्द्रिय कार्यालयमा उजुरी दर्ता गरिएको छ । पौडेलका अनुसार एभिन्यूजसँग काउन्सिलले स्पष्टिकरण मागेको छ । तल्लो स्तरको गाली गलौज विरुद्धमा अदालतमा जाने तयारी समेत अन्तिम चरणमा पुगेको उनको भनाई छ ।

प्रकाशित मिति : बैशाख २६, २०७७ शुक्रबार  ९ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]