जेष्ठ १, २०८१ मंगलबार

प्रदेश १ मा थप एक जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा थप एक जनालाई कोरोना पोजेटिभ पुष्टि भएको छ । उदयपुरको भूल्केकी एक महिलालाई शनिबार साँझ कोरोना पोजेटिभ पुष्टि भएको प्रदेश १ सरकारले जनाएको छ।

संक्रमण पुष्टि भएकी महिला ४३ वर्षको रहेको विराटनगर स्थित कोशी अस्पतालले जनाएको छ । कोशी अस्पतालकै प्रयोगशालामा गरिएको परीक्षणमा उनमा कोरोना पुष्टि भएको हो ।

शनिबार बिहान उदयपुरको भुल्केमा १८, ४५ र ६५ वर्षिय महिलामा संक्रमण देखिएको थियो । शनिबार संक्रमण पुष्टि भएकाहरु यसअघि संक्रमण देखिएका व्यक्तिको परिवारका सदस्य रहेको बताइएको छ । संक्रमितलाई विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको छ ।

योसँगै प्रदेश १ मा कोरोना पोजेटिभको संख्या ३५ पुगेको छ भने उपचारपछि १४ जना निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ११० पुगेको छ । संक्रमितमध्ये ३१ जना उपचारपछि निको भएका छन् ।

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  ८ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]