जेष्ठ ३, २०८२ शुक्रबार

सीमा अतिक्रमणविरुद्ध ओली र प्रचण्डको एकमत, सडक निर्माण कार्य तत्काल रोक्न आग्रह

काठमाडौं । भारतले लिपुलेकमा नेपाली सीमामा सडक बनाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले संयुक्त विज्ञप्तिमार्फत आपत्ति जनाएका छन् ।

सत्तारुढ नेकपाका अध्यक्षद्वयको संयुक्त हस्ताक्षरमा पार्टीका तर्फबाट शनिबार साँझ जारी गरिएको विज्ञप्तिमा भारतको कदमप्रति आपत्ति जनाइएको छ । सम्पूर्ण मानव समुदाय कोरोनाको महामारीविरुद्ध जुधिरहेका बेला भारतले नेपाली भूमिमाथि अतिक्रमण गरेको नेकपा अध्यक्षद्वयको ठहर छ ।

नेकपाका तर्फबाट जारी विज्ञप्तिमा सो इलाकामा सडक निर्माण कार्य तत्काल रोक्न र समस्यालाई थप जटिल नबनाउन भनिएको छ । दुईदेशवीचको सीमा समस्या समाधानका लागि दुई देशका सरकारवीच भइरहेका प्रयासलाई नेकपाले समर्थन गर्ने बताउँदै यो ससस्या समाधानका लागि दुबै देशका सरकारहरुले तत्काल पहल थाल्नुपर्ने नेकपाले बताएको छ ।

प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार  १० : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]