बैशाख ७, २०८१ शुक्रबार

निको भएर घर फर्किए बाह्रदशीका एक संक्रमित

विराटनगर ।  प्रदेश १ मा कोरोनालाई जितेर घर फर्कनेको संख्या १६ पुगेको छ । आज पनि दुई जना कोरोनामुक्त भएर घर फर्किएका छन् ।

भोजपुरका २६ वर्षीय पुरुष र झापा बाह«दशीका ४० बर्षीय पुरुषले कोरोनालाई जितेर घर फर्किएका हुन् । प्रदेश १ मा  ३५ जना कोरोना संक्रमित थिए । यतिबेला कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा १९ जना उपचाररत रहेका छन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ । 

यसैबीच प्रदेश सरकारले कोरोना परीक्षणको दर समेत बढाएको छ । यतिबेला प्रदेश १ मा पिसीआर र आरडीटी दुबै बिधिबाट परीक्षण भइरहेको छ । पिसिआर तीन ठाउँबाट भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

पिसिआरबाट २ हजार १ सय ४० जनाको परीक्षण भएको छ । जसमा २ हजार १ सय १ जनाको नेगेटिभ देखिएको छ । त्यस्तै आरडीटीबाट ७ हजार ७ सय ३७ जनाको नमूना परीक्षण भएको छ ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]