चैत्र १६, २०८० शुक्रबार

‘रेड जोन झापामा’ किन लापरबाही ?

विशेष सम्पादकीय

सरकारले देशभर कोरोना जोखिमको अध्ययन गरेको छ । त्यसमध्ये देशभरका २९ जिल्लासहित झापालाई रेड जोनमा राखेको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको उच्चस्तरीय समितिले बुझाएको प्रतिवेदनमा झापालाई उच्च जोखिममा राखिएको थियो । यहाँको अवस्थालाई सरकारले अध्ययन गरेको छ । तर, आज झापाको बिर्तामोडसहित अन्य ठाउँको अवस्था लकडाउन खोलिएको भन्दा फरक थिएन । मानौं, झापामा कोरोनाको जोखिम नै छैन । यस्तै हो भने, अहिलेसम्मको सुरक्षाको कुनै अर्थ पनि रहने छैन । आजसम्मको सुरक्षालाई कायम राख्ने हो भने तत्काल लापरबाही सच्याउन जरुरी छ ।

एक महिनादेखि पूर्वी नाका काँकरभिट्टा बन्द थियो । तर, अहिले खोलिएको छ । नाका खुल्नासाथ बजार पनि खुल्यो भन्ने मानसिकता बनेपछि बजारमा सर्वसाधारणको व्यापक भीडभाड शुरु भएको छ । पहिलो त नाका खोल्नै हुदैन थियो । व्यापारीको दवावमा नाका खोलिएको छ । भोली नाका खोलिएकै कारण महामारीको अवस्था आयो भने त्यसको जिम्मेवारी कसले लिने ? त्यो बेला व्यापारी त पक्कै बाहिर आउने छैनन् । उनीहरुले यतिबेला व्यापारलाई मात्र प्राथमिकता दिन हुदैन । मुलुकको सुरक्षा र आफ्नो जिम्मेवारीलाई भुल्न पनि हुदैन ।

झापाको अधिकांश बजारमा चहलपहल बढेको छ । रेड जोनमा परेको कुरा दुनियालाई थाहा हुँदा पनि यस प्रकारका हर्कत गर्नु चरम लापबाही हो । अति आवश्यक पसल खुलाइएको छ । निर्माण क्षेत्रलाई अघि बढाउन त्यससँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न अनुमति दिएको छ । त्यसको मतलव अहिले अन्य व्यवसाय खुला गर्नु भनिएको छैन । बिर्तामोडमा आजको दृष्य सम्झिने हो भने यसले ठुलो दुर्घटना अवश्य निम्त्याउने छ । यसैले तत्काल स्थानीय तहहरुले लकडाउन पालना भए नभएको अनुगमन गरी कडाई गर्न आवश्यक छ । कम्तिमा सरकारले जारी गरेको निर्देशन त पालना गरौं । आजसम्म मुलुकमा मानवीय क्षति भएको छैन । विश्वका धेरै राष्ट्रभन्दा सुरक्षित रहेको नेपाललाई अझ सुरक्षित बनाउन जरुरी छ ।

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार  ८ : ३७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]