बैशाख २३, २०८१ आईतबार

भारतको मिचाहा प्रवृत्ति हो: पूर्वसांसद मञ्च

काठमाडौं । पूर्वसांसद मञ्च नेपालले विश्व कोरोना महामारीविरुद्ध जुटिरहेका बेला नेपालको लिपुलेकमा भारतद्वारा सडक बनाएर उद्घाटन गर्ने कार्यलाई मिचाहा प्रवृत्तिको सङ्ज्ञा दिएको छ । उक्त मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भारतको उक्त कार्यको विरोध गर्दै नेपाली भूभाग यथाशीघ्र फिर्ता गर्न भारतसगँ आह्वान गरिएको छ ।

सुगौली सन्धिकालीन आधिकारिक नक्साले नै लिपुलेक–कालापानीलगायत भूभाग नेपालको पुष्टि गरेको हुँदा यो पक्षलाई  गम्भीररुपमा हेक्का राख्न भारतीय पक्षलाई मञ्चले सुझाव दिएको छ । वार्ताद्वारा विवादको तार्किक निष्कर्षमा पु¥याउनुपर्ने ठाउँमा वार्तालाई भारतीय पक्षले आलटाल गर्दै भारतीय पक्षले अर्धेलो थाप्ने काम गरिरहेको बताउँदै मञ्चले नक्सा सार्वजनिक प्रकरणपछि विवादलाई  टुङ्ग्याउन परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने पत्राचार भएको विषयलाई किन बेवास्ता गरिएको भनी प्रश्न गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सन् १८१६ मा भएको ब्रिटिस भारत र नेपालबीचको सुगौली सन्धिमा महाकालीपारि मात्र भारत भन्ने प्रष्ट छ । जल विज्ञानको सर्वमान्य सिद्धान्त र वैज्ञानिक मापदण्डबमोजिम लिम्पियाधुराबाट निस्कने खोला नै काली नदी हो ।’ अतिक्रमित सम्पूर्ण नेपाली भूभाग फिर्ताका लागि प्रधानमन्त्रीस्तरमा वार्ता गर्न सुझाव दिँदै विज्ञप्तिमा भनिएको छ, समस्या समाधान गर्न मूर्त र प्रभावकारी कदम चाल्न सरकारलाई आह्वान गर्दछ । 

प्रकाशित मिति : बैशाख २८, २०७७ आईतबार  ८ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]