तेक्वान्दो खेलाडीद्वारा राहत वितरण
नवेश गुरुङ
अर्जुनधारा । अर्जुनधारा नगरपालिका – ९ का विपन्न परिवारलाई आइतबार स्थानीय युवाको पहलमा राहत वितरण गरिएको छ ।

राष्ट्रिय तेक्वान्दो खेलाडी दिपेन धिमालको पहलमा वडाका बिपन्न २२ परिवारलाई खाद्यन्य वितरण गरिएको हो । २१ वर्षीय धिमाल विभिन्न सामाजिक कार्यमा सक्रिय अभियान्ता हुन् । उनलाई विभिन्न कृयाशिल सहयोगी संघ संस्था, ब्यक्ति लगायतले राहत जुटाउन सहयोग पुर्याएको बताएका छन् । आईतबार आफ्नै घरमा विपन्न परिवारका प्रतिनिधि भेला गरेर खाद्यन्न वितरण गरेका थिए । यस्तो संकटको बेला ज्यालादारी गर्ने बिपन्न परिवारलाई सहयोग गर्न पाउँदा खुशी भएको बताउँछन् ।