बैशाख ८, २०८१ शनिबार

झापाका पूर्व राष्ट्रिय खेलाडी श्रेष्ठलाई कोरोना संक्रमण

बिर्तामोड । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी रञ्जित श्रेष्ठलाई कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमणपछि उनी सेल्फ आइसोलेशनमा छन् ।

फेसबुकमा भिडियो मार्फत् उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको उल्लेख गरेका हुन् । वैदेशिक रोजगारीको सिलसिलामा दुबईमा रहेका रञ्जितले भनेका छन्, ‘मलाई कोरोनाको पोजेटिभ छ । संक्रमण भएको पाँच दिन भयो ।’ उनले आफू सामान्य अवस्थामा रहेको र तातो पानी पिइरहेको बताएका छन् ।

संक्रमण भएपछि कहिलेकाहीं सुख्खा खोकी लाग्ने गरेको बताए । खाना खाने र जगिङ गर्ने गरेको सुनाए । उनले आफ्ना शुभचिन्तकहरुलाई नआत्तिन समेत भनेका छन् । उनले भने, ‘नडराउनु होला । डराउनुपर्ने छैन नर्मल लिदा हुन्छ ।’ उनले आफ्नो पहिलो परीक्षणमा पोजेटिभ देखिएको र दोस्रो परीक्षणमा आउने नतिजा बारे जानकारी गराउने बताए । झापा स्थायी घर भएका रञ्जित अखिल नेपाल फुटबल संघ एन्फा एकेडेमीका उत्पादन हुन् । उनले सन् २००९ मा बँगलादेशमा भएको साफ च्याम्पियनशिप खेलेका थिए ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  २ : १६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]