जेष्ठ ४, २०८१ शुक्रबार

नेपाली चियाको भारतीय बजार गुम्ने खतरा

बिर्तामोड । गुणस्तर खस्किँदा नेपाली चियाको भारतीय बजार गुम्ने खतरा भएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय झापाले उधोगी र मजदुरसँग छलफल गरेको छ ।
नेपाली चियाको गुणस्तरीय उत्पादन हुन छोडेको भन्दै भारतीय पक्षले कलकत्ताको वाणिज्य दुतावासमा चेतावनी दिएपछि झापा जिल्ला प्रशासनले बिहीवार चिया उधोगी र मजदुरसँग छलफल गरेको हो ।

चियाको गुणस्तर सुधार गर्न उधोगी र मजदुरसँग छलफल गरेको हौं, प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले भने, कलकत्ताको वाणिज्य दुतावासले निकासी इमेजका लागि चासो राखेको हो । उनले चिया उत्पादक र ट्रेड युनियनका नेताले गुणस्तर कायम गर्ने प्रतिवद्धता व्यक्त गरेको बताएका छन् ।

नेपाली चियाको गुणस्तर खस्कँदै गएको बारे जिल्ला प्रशासनले छलफल आयोजना गरेको थियो, मजदुर नेता सन्तकुमार राईले भने, चिया क्षेत्रमा भएको आन्दोलनले पनि पत्ति छिप्पिँदा गुणस्तर खस्किएको छ । स्रोतका अनुसार भारतमा उताको चियाको मुल्य नेपालको भन्दा तेब्बर छ । नेपालबाट राम्रो चिया उत्पादन गरी निकासी नगर्दा मुल्य पनि प्राप्त हुन सकेको छैन ।

एकातिर नेपाली चियाको भारतीय वजार गुम्ने खतरा छ । तर, झापाली जनप्रतिनिधिलाई भने चियाका बारे कलकत्ताको वाणिज्य दुतावासले चिन्ता व्यक्त गरेको पनि पत्तो छैन । नेपाली चियाको भारतीय बजार बारे जिल्ला प्रशासनले आयोजना गरेको छलफलबारे जानकारी दिँदै नेपाल चिया उत्पादक संघका अध्यक्ष सुरेश मित्तलले जिल्ला प्रशासनले अनुगमन गर्ने प्रस्ताव राखे पनि एक हप्तासम्म गुणस्तर सुधार गर्न नसक्ने आफुहरुले बताएको जानकारी दिए । मजदुर आन्दोलनले चियाको पत्ति छिप्पिएको र अबको एक हप्तापछि मात्र गुणस्तरीय उत्पादन गर्न सक्ने अध्यक्ष मित्तलको दाबी छ ।

उनले भारतको केन्द्रीय खाद्य अनुसान्धानको प्रयोगशालाबाट जाँचपास भएर मात्र निकासी हुने भएकाले गुणस्तरहीन उत्पादन भारत नपुग्ने तर्क गरे ।

चियाको गुणस्तरीय उत्पादन भारत जाने र गुणस्तरहीन उत्पादन नेपालीले प्रयोग गर्नु पर्ने अवस्था छ । भारतीय पक्षको दवावले मात्र नेपाली चियाको गुणस्तर सुधार्न लाग्ने होइन, नेपालीको स्वास्थ्यलाई पनि सरकारले ध्यान दिनु पर्ने उपभोक्ता नन्दलाल खतिवडाले बताउँछन् ।

प्रकाशित मिति : जेष्ठ १६, २०७६ बिहीबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]