चैत्र १५, २०८० बिहीबार

‘मिसन बिर्तामोड’ बिर्तामोडको सत्य कथा !

झापा । झापाको बिर्तामोडमा देखिएको एउटा जटिल समस्या लकडाउनकै बिचमा युट्युवमा सार्वजनिक भएको छ । चलचित्रको माध्यमबाट बढ्दै गएको दुव्र्यसनका बारेमा चित्रित चलचित्र ‘मिसन बिर्तामोड’ ले बिर्तामोडको यथार्थ विषयवस्तु समेटेको छ ।

चोरी, लुटपाट र हत्या हिंसाको मुख्य कारण लागु औषध भएको पुष्टि गर्न खोजिएको चलचित्रमा बिर्तामोडका युवाले नै पात्रको रुपमा उभ्याएका छन् । पूर्वी नाका काँकरभिट्टाबाट विषेश गरी झापाका विभिन्न बजारमा लागु औषध भित्रिने गरेको छ । यहाँका धेरै युवा उमेर समूह अहिले लागु औषधको दुव्र्यसनमा फसेका छन् । त्यसमा पनि बिर्तामोड यसका लागि ‘रेड जोन’ मानिन थालेको छ ।

जिल्ला प्रहरीको तथ्याङक हेर्ने हो भने लागु औषध कारोवार गर्नेको विवरण अन्य मुद्दाको भन्दा धेरै छ । त्यति मात्र होइन, झापा कारागारमा बस्ने कैदी र थुनुवाको संख्या पनि यहि मुद्दामा धेरै देखिन्छ । मिसन बिर्तामोडले नयाँ युवा र यहाँ विभिन्न अवसरको खोजी गर्दै आउनेहरु लागु औषधको दुव्र्यसनमा फसेको चित्रण गरिएको छ ।

धनाढ्य परिवारका छोराछोरी पैसाको उन्मातले लागु औषधमा फस्दै गएका छन् । उनीको जीवनलाई पनि चलचित्रमा देखाइएको छ । यो चलचित्र हेर्दा हरेक अभिभावकले अध्ययन गर्न विधालय वा क्याम्पस गएका आफ्ना सन्तान के गर्दै छन् भनेर खोजी गर्न झकझाएको छ । चलचित्रले प्रहरीकै संरक्षणमा कारोवार भइरहेको संकेत पनि गरेको छ ।

गाउँबाट जंग बहादुर अध्ययनको शिलशिलामा बिर्तामोड आएपछि लागुऔषधमा लागेर ज्याकमा परिणत भएको छ । यस्ता धेरै घटना बिर्तामोडमा वास्तविक पनि छन् । लागु औषध विरुद्ध सचेतनाका लागि निर्माण गरिएको चलचित्र मिसन बिर्तामोडले संभवतः धेरै परिवारको आँखा खोल्ने छ । काल्पनिक घटना भएपनि बिर्तामोडसँग मिल्दोजुले चलचित्र बिर्तामोड मिडिया एण्ड इन्टरटेण्टमेन्ट प्रालिले प्रस्तुत गरेको छ । चलचित्रमा भने जस्तै बिर्तामोड पूर्वको प्रख्यात शहर हो । यहाँको जटिल समस्याको रुपमा लागु औषधको कारोवार बढ्दै गइरहेको छ । दुव्र्यसनमा लागेकाहरु यहाँ लागु औषधलाई ‘माङसा, मासु र सामान’ कोड भाषामा उच्चारण गर्ने गरेको पाइन्छ ।

युवा पुस्ता यहि लागु औषधमा लागेर आफ्नो सुन्दर भविष्य अन्धकार बनाइरहेका छन् भने दुव्र्यसन युक्त समाज बनाउन उद्दत देखिन्छन् । बेलैमा सरोकारवालाले यसबारे सोच्नैपर्छ ।
चलचित्र निर्माण गर्ने कम्पनीमा प्रमुख एलसी श्रेष्ठले ५ लाखको लगानीमा निर्माण सम्पन्न गरिएको जानकारी दिए । उनले सामाजिक बिकृतिको रुपमा रहेको लागु औषध दुव्र्यसनलाई जरै देखि उखेल्न मिसन बिर्तामोड उपयुक्त चलचित्र बनेको दावी गरे ।

चलचित्र मिशन बिर्तामोडको निर्माता राजन थापा र समूह, कार्यकारी निर्माता एलसी श्रेष्ठ, सहनिर्माता अर्जुन मेचे, सन्तोष खवासको द्वन्द्व, सुवास लिम्बूको सिनेमाटोग्राफी, पदम तामाङको मेकअप रहेको छ ।

चलचित्र मिशन बिर्तामोडमा राजन थापा, रमेश बोहरा, राज शेर्मा, कृष्ण तामाङ, विक्रम गेलाल, प्रताप सुनुवार, सेजल कडरिया, पेम्वा लामा, राजु गौतम, एलसी श्रेष्ठ, रीना तामाङ, राज शर्मा, चेतन खतिवडा, चन्दन राजवंशी, आस्मा तामाङ, तुलसा प्रधान, सुनिल विक, मानिक रेग्मी लगायतका कलाकारहरुको अभिनय रहेको छ । त्यस्तै विशेष सहयोगीमा रमेश चौधरी, प्रकाश गुरुङ र याम लिम्बू रहेका छन् । यसअघि यहि व्यानरमा पाइला र मेरो अधिकार नाम चलचित्र प्रदर्शनमा आइसकेको छ ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ५ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]