जेष्ठ १, २०८१ मंगलबार

आज एकैदिन २४ जनामा कोरोना पुष्टि, भयावह रुप लिदैं

काठमाडौं, वैशाख २९ गते । पछिल्लो कोरोना परीक्षण रिपोर्टअनुसार कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । योसँगै कोरोना सङ्क्रमित सङ्ख्या १३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेमा ६ जना कपिलवस्तुका अर्का ६ जना रुपन्देहीका पुरुष र बर्दिया कि ११ वर्षिया महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमण पुष्टि भएकामा कपिलवस्तु यशोधरा गाउँपालिका ८ र बुद्दभूमि नगरपालिका ७ निवासी १५,१९,२३, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् । त्यस्तै रुपन्देही समरीमाई गाउँपालिका ७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका ६ निवासी २४,२६,२७, ३०, ३२ र ४० वर्षीय ६ जना पुरुष रहेका छन् । त्यस्तै बर्दिया राजपुर ५ निवासी ११ वर्षीया महिलामा संक्रमण देखिएको छ । उहाँहरुको टेकुस्थित राष्ट्रिय प्रयोगशालामा स्वाबको परीक्षण गरिएको र उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । उहाँहरू चिकित्सककाे सम्पर्कमा हुनुहुन्छ ।

प्रकाशित मिति : बैशाख २९, २०७७ सोमबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]