जेष्ठ १, २०८१ मंगलबार

कोरोना संक्रमित भन्दै भारतबाट भागेर बिर्तामोड आएका युवालाई भद्रपुर पठाइयो

बिर्तामोड । कोरोना संक्रमित भन्दै बिर्तामोड आएका एक युवालाई थप परीक्षणका लागि भद्रपुर पठाइएको छ । उनी भारतबाट भागेर आएको जानकारी दिएका छन् ।

कोरोना पोजिटिभ देखिएका ति व्यक्तिले बाहुनडाँगीको बाटो हुँदै भागेर नेपाल छिरेको प्रहरीलाई जानकारी गराएपछि परीक्षणका लागि अस्पताल पठाइएको बिर्तामोडका डीएसपी मुकुन्द रिजालले जानकारी दिए । डीएसपी रिजालले भने, ति युवाले भनेको कुरा विश्वास गरिहाल्ने अवस्था छैन, तर रिक्स लिनुभन्दा परीक्षण गराउनु उपयुक्त लागेर अस्पताल पठाइसकेका छौं ।

भारतको बेङ्लोरबाट भागेर आएका ति युवकले खानपिन राम्रो नभएपछि नेपाल आएको बताएका थिए । प्रत्यक्षदर्शीका अनुसार युवकले कोरोना परीक्षण गरेको कागजात समेत देखाएका थिए ।

प्रकाशित मिति : बैशाख ३१, २०७७ बुधबार  १० : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]