थप दुई जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १ गते । काठमाडौं र कपिलवस्तुमा एक एक जनामा गरी थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कुल संक्रमित संख्या २४५ पुगेको छ । थप कोरोना पुष्टि भएका चन्द्रगिरी नपाका ३२ वर्षिय पुरुष र कपिलबस्तुका ६ वर्षीया बालिका छन् ।
