बैशाख ७, २०८१ शुक्रबार

खानेपानी संस्थान र उपभोक्ता समितिसँग कांग्रेसले माग्यो राहत

भद्रपुर । भद्रपुर नगर क्षेत्रका खानेपानी संस्थान तथा उपभोक्ता समितिसँग उपभोक्ता केन्द्रीत राहत माग गर्दै नेपाली काँग्रेसले ज्ञापनपत्र बुझाएको छ ।

कोरोना संक्रमण त्रासले गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेका उपभोक्तालाई महसुलमा ५० प्रतिशत भन्दामाथि छुट दिनुपर्ने, मितव्ययी प्रशासनका लागि खर्च कटौती गरिनु पर्ने तथा सामाजिक उत्तरदायित्वका राहत कार्यक्रममा सहभागिताको माग गर्दै ज्ञापनपत्र बुझाएको हो ।

नेपाल महिला संघकी केन्द्रीय सदस्य गोमा भट्टराई, नेपाली काँग्रेस झापा जिल्ला सदस्य विजय रिजाल, राजेन्द्र रिजाल, क्षेत्र नम्बर ३ का सभापति गणेश पोखरेल, नगर उपसभापति ज्ञानबहादुर चौहान, लगायत वडा सभापतिहरू गोपालप्रसाद श्रेष्ठ, लावन्य पोखरेल, चेतनाथ भट्टराईको टोलीले खानेपानी संस्थान भद्रपुर, चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति, चन्द्रगढी दोस्रो खानेपानी समितिलाई माग पत्र बुझाइएको थियो ।

संस्थान तथा उपभोक्ता समितिहरूले आफ्नो हैसियत अनुसार महसुल छुट दिने प्रतिबद्धता जनाएका छन् । उनीहरूले चैत्र, बैशाखमा बन्द कामहरू जेठ १ गतेदेखि सुरू गरिएको जानकारी दिँदै मिटर रिडिङ र महसुल संकलनको काम पनि सुरु भएको जनाएका छन् । विहान ८ देखि ११ सम्म महसुल काउन्टर खुला रहने उनीहरूको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  १ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]