कोरोना संक्रमित भन्दै बिर्तामोड आएकालाई परिवारको जिम्मा लगाइयो
बिर्तामोड । कोरोना संक्रमित भएर भारतबाट भागेर बिर्तामोड आएको बताउने व्यक्तिलाई परिवारको जिम्मा लगाइएको छ । तिनदिन अघि आफु कोरोना संक्रमित हुँ भन्दै बिर्तामोड आएर आतंकित बनाउने व्यक्ति भारतबाट भागेर नआएको पुष्टि भएको छ ।
दमक घर भएका रमेश कार्की ६/७ महिनादेखि व्यहार विग्रिएर घरबाट बेबारिसे हिसावले हिड्न थालेको बुझिएको छ । उनी लकडाउनको समयमा बाह्रदर्शी क्षेत्रमा आफन्तको घरमा बस्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाका अनुसार बिहीवार उनलाई परिवारको जिम्मा लगाइएको छ । ऋणले व्यवहार विग्रिएपछि जथाभावी बोल्दै हिड्ने कार्कीलाई स्वास्थ्य परीक्षणपछि परिवारमा बुझाइएको कोराइलाको भनाई छ ।
आफन्तले पाडाजुगीमा छोडेर फर्किएपछि फेरि बिर्तामोड आएका कार्कीले बिर्तामोडमा आएर आफु कोरोना संक्रमित भएको भन्दै आतंकित बनाएका थिए ।