बैशाख १२, २०८१ बुधबार

जेठ ५ गतेपछि पनि लकडाउन थप्ने तयारी

काठमाडौं । सरकारले लकडाउन जेठ ५ गतेपछि पनि थप गर्ने तयारी गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा रहेका एक मन्त्रीकाअनुसार संक्रमितको संख्या बढ्दै गएकाले लकडाउनलाई कायमै राख्ने सम्भावना छ । यसबारे सम्भवत भोलि समितिमा थप छलफल हुनेछ र मन्त्रिपरिषदमा प्रस्ताव जानेछ ।

समितिले शुक्रबार कोरोना भाइरस कोभिड–१९ संक्रमणको सम्भावित जोखिम र लकडाउन कसरी व्यवस्थित बनाउने भनेर जनस्वास्थ्य विज्ञ लगायतसँग छलफल गरेको थियो । ‘संक्रमितको संख्या बढ्यो भनेर आत्तिनु हुँदैन । भएर नभेटिनुभन्दा भेटिएको राम्रो हो भन्ने विज्ञहरुको सुझाव रह्यो’ एक मन्त्री भन्छन् ।

लकडाउन सुरु गर्नुअघिको तुलनामा सरकारको तयारी राम्रो रहेको तर यो पर्याप्त नभएको विज्ञहरुले बताएका छन् । उनीहरुले फ्रान्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मीको सुरक्षामा बढी जोड दिएका छन् ।

‘डाक्टर, नर्सहरुलाई क्वारेन्टाइनमा राख्नुस् । एउटा टोली काममा हुँदा दुई वटा ब्याकअपमा राख्नुस् । कम्युनिकेसन राम्रो होस् भन्ने सुझाव पनि आएका छन्’ एक मन्त्रीले भने । सबैले परीक्षण र संक्रमितको कट्याक ट्रेसिङको दायरा अझ बढाउन सुझाव दिएका छन् ।

प्रकाशित मिति : जेष्ठ २, २०७७ शुक्रबार  ३ : ०६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]