तीन वर्षभित्र सुकुम्बासी समस्या हट्ने
काठमाडौं । सरकारले तीन बर्षभित्र सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान गर्ने भएको छ । सरकारको नीति तथा कार्यक्रममा उक्त घोषणा गरिएको हो ।
त्यस्तै सरकारी, सार्वजनिक र गुठी जग्गामा रहेको अतिक्रमण संरक्षण र उपयोग गर्न प्रदेश, स्थानीय र समुदायको समन्वयमा सरकारी सार्वजनिक गुठी जग्गा संरक्षण अभियान थाल्ने सरकारको नीति तथा कार्यक्रममा समेटिएको छ ।