बैशाख २४, २०८१ सोमबार

छोरी बलात्कार गर्ने कनकाईबाट पक्राउ

बिर्तामोड । आफ्नै छोरीलाई बलात्कार गर्ने कनकाई नगरपालिका–३, सुरुङ्गाका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा श्रीमती नभएको बेला लामो समयदेखि दैनिक मादक पदार्थ सेवन गरेर घरमा आएर छोरीलाई जवरजस्ती करणी गर्ने गरेको भन्दै छोरीले प्रहरीमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी नायव निरिक्षक पदमसुन्दर लिम्बुको नेतृत्वमा गएको प्रहरी टोलीले शनिवार साँझ ती व्यक्तिलाई घरबाटै पक्राउ गरेको हो ।

प्रहरीले ती बलात्कारी पिताको घरबाट एसएलआर र थ्री नट थ्री मा लाग्ने १२ थान बन्दुकको गोली समेत बरामद गरेको छ । केहि समय अघिसम्म विप्लप माओवादीको कार्यकर्ता रहेको र केहि समय पहिले मात्रै उनलाई पार्टीले कारर्वाही गरिसकेको बुझिएको छ ।
प्रहरीले छोरीको उजुरीका आधारमा पक्राउ गरि हाल इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको छ । उनलाई हाडनाता करणी र हातहतियार खरखजानाको मुद्धा लाग्ने प्रहरीले जानकारी दिए ।

प्रकाशित मिति : जेष्ठ ३, २०७७ शनिबार  ११ : २५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]