बैशाख १७, २०८१ सोमबार

झापामा थप एक जनामा कोरोना पुष्टि

बिर्तामोड । झापामा थप एक जनामा कोरोना पुष्टि भएको छ । कचनकवल गाउँपालिका –६ मा एक जना पुरुषमा कोरोना पुष्टि भएको बुझिएको छ ।

चार दिनअघि भारतबाट आएका व्यक्तिमा आरडीटी पोजिटिभ देखिएपछि पीसीआर परीक्षणका लागि बिराटनगर पठाइएको थियो । आधिकारिक स्रोतले बताए अनुसार ती व्यक्तिमा कोरोना पुष्टि भएको छ । यो सँगै झापामा कोरोना संक्रमितको संख्या ३ पुगेको छ ।

यसअघि झापाको दमक, बाह्रदशीमा एक÷एक जनामा कोरोना पोजिटिभ देखिएको थियो । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि विराटनगर लगिएको छ । यसबारे स्वास्थ्य मन्त्रालयले घोषणा गर्न बाँकी छ ।

प्रकाशित मिति : जेष्ठ ५, २०७७ सोमबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]