बैशाख ७, २०८१ शुक्रबार

चलचित्र ‘घामड शेरे’ मा निश्चल र स्वस्तिमा

काठमाडौं । रियल जोडी निश्चल बस्नेत र स्वस्तिमा खड्काको मुख्य भुमिका रहेको फिल्म ‘घामड शेरे’को सुटिङ सकिएको छ । फिल्मका निर्देशक हेमराज विसी हुन् ।


३८ दिनमा फिल्मको छायांकन सकिएको निर्देशक हेमराजले बताए । निश्चल र स्वस्तिमा ‘घामड शेरे’मा पनि श्रीमान् श्रीमतीकै भूमिकामा छन् । फिल्मको अधिकांश छायांकन सुर्खेतमा गरिएको हो ।


निश्चल र स्वस्तिमाका अलावा फिल्ममा सुष्मा निरौला र लोकेन्द्र लेखकको पनि अभिनय रहेको छ । निर्देशक विसीको होम प्रोडक्सन कम्पनी विसी मोसन पिक्चरको ब्यानरमा यो फिल्म निर्माण भएको हो ।


नरेन्द्र मैनालीको छायाँकन रहेको फिल्म ३ असोजबाट प्रदर्शनमा आउने बताइएको छ ।

प्रकाशित मिति : जेष्ठ १८, २०७६ शनिबार  ९ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]