बैशाख ११, २०८१ मंगलबार

दमकका संक्रमित निको भई घर फर्किए

विराटनगर । कोशी अस्पतालकाे कोभिड-१९ उपचार केन्द्रमा उपचाररत एक काेराेना सङ्क्रमित डिस्चार्ज हुनुभएकाे छ । झापा दमक -३ का ६२ वर्षीय देउमान मङ्ग्राती डिस्चार्ज हुनुभएकाे अस्पतालले जनाएकाे छ । अस्पताल भर्ना भएको २५ दिनपछि उनलाई डिस्चार्ज गरिएको जनाइएकाे छ ।

पछिल्लोपटक गरिएको कोरोना परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

मङ्ग्रातीलाई वैशाख १२ गते भर्ना गरिएको थियो । मङ्ग्राती डिस्चार्ज भएसँगै प्रदेश १ बाट काेराेना निकाे भइ डिस्चार्ज हुनेको सङ्ख्या १८ पुगेको छ । बाइस जना उपचाररत रहेकाे र उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ७ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]