बैशाख १७, २०८१ सोमबार

झापामा संक्रमितको संख्या १२ पुग्यो

बिर्तामोड – झापाको दक्षिणवती गाँउपालिका केचनकबलमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा उनिहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

सोमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । उनको सम्पर्कमा रहेका थप ९ जनाको स्वाब परिक्षण गर्दा उनिहरुमा पनि कोरोना संक्रमण देखिएको प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसअघि मंगलबार नै सुनसरीको दुई जनमा कोरोना संक्रमण पुष्टि भएको छ । धरान स्थित विपी कोईरला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालमा गरिएको परीक्षणमा इटहरी २ का १८ वर्षीय युवा र पश्चिम कुशाहमा खटिएका शसस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  १ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]