बैशाख १४, २०८१ शुक्रबार

दुधेमा पनि ‘होल्डिङ एरिया’ तयार

झिलझिले । लामो समयको लकडाउनका कारण भारतका विभिन्न ठाँउमा अप्ठेरोमा परेका नेपालीका लागि सिमासँग जोडिएको झापामा होल्डिङ एरिया निर्माण हुन थालेको छ ।
झापाको शिवसताक्षी नगरमा पनि बढीमा १ सय ५० जनाका लागि होल्डिङ एरिया निर्माण हुने भएको हो । दुधेस्थित राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयको पूर्वाधारयुक्त भवनलाई होल्डिङ एरिया निर्माण गर्न लागिएको शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्रकुमार शेर्माले बताए ।

शिवसताक्षी नगर कार्यपालिकाको सोमबार बसेको बैठकले दुधेको उक्त सामुदायिक विद्यालयलाई होल्डिङ एरिया निर्माणका लागि निर्णय गरेको थियो । मंगलबार नगर स्तरीय सर्वदलीय समन्वय समितिले पालिकाको निर्णयलाई ऐक्यबद्धता जनाएपछि होल्डिङ एरिया तय भएको हो । नगर प्रमुख शेर्माका अनुसार सुरक्षित एरिया र पूर्वाधार सम्पन्न भवन रहेको स्थानलाई होल्डिङ एरियाको रुपमा प्रयोगमा ल्याइन लागिएको हो ।

बैठकमा नेकपाका डिल्लीरमण खतिवडा, नेपाली कांग्रेसका पर्शुराम ढुँगाना, संघीय समाजवादीका जापान थेवे, लिम्बुवानका प्रकाश लिङदेन, राष्ट्रिय जनमुक्ति पार्टीका झापा अध्यक्ष भवानिवीक्रम सेलिङ, राप्रपाका मणि खपतरी खड्का, उधोग बाणिज्य संघका शिवसताक्षी अध्यक्ष भोला मैनाली सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक अशोक बस्नेत, इलाका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कोमल ठाकुर लगायतको सहभागिता थियो ।

भारतबाट आएकाहरुलाई तत्काल होल्ड गरेर सुरक्षित साथ राखिने र स्वास्थ्य चेकजाँच गरी आवश्यकता अनुरुपको अन्य प्रकृयामा जाने गरी व्यवस्था मिलाइएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । भारतबाट आएका नेपालीलाई गन्तव्यसम्म पुर्याउनका लागि होल्डिङ एरिया स्थापना गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताए । उनले सिमा र होल्डिङ एरियामा सुरक्षा सर्तकता समेत बढाइएको बताएका छन् ।

झापाका प्रहरी प्रमुख कृष्ण कोइरालाले भारतबाट आएका नेपालीलाई फिल्टर गरेर होल्डिङ एरियामा राखिने बताए । उनका अनुसार जिल्लाका मेचीनगर, भद्रपुर, विर्तामोड, शिवसताक्षी लगायतका पालिकामा होल्डिङ एरिया स्थापना भएका छन् । ‘बढीमा ३ दिनसम्म भारतबाट आएकालाई होल्डिङ एरियामा राखिने छ । त्यसपछि यातायात लगायतका अन्य आवश्यक व्यवस्था गरेर उनिहरुको गृह पालिकासम्म पुर्याउने गरिन्छ ।’ उनले भने ।
काँकडभिट्टा नाका हँुदै झापाका होल्डिङ एरियामा १ हजार ५० जनालाई राखिने भएको छ । उनिहरु मंगलबार साँझ सम्ममा नेपाल आईपुग्ने प्रहरी उपरीक्षक कोईरालाले बताए ।

प्रकाशित मिति : जेष्ठ ६, २०७७ मंगलबार  ५ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]