बाह्रदशी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) झापाले बाह्रदशीमा शिक्षा,स्वास्थ्य र खाद्य अधिकारका विषयक सार्वजनिक सुनुवाई गरेको छ । इन्सेकले सञ्चालन गर्दै आएको स्थानीय समुदायलाई सचेत पार्दै जिम्मेवार निकायलाई जवाफदेही बनाउने परियोजना अन्तगत शिक्षा,स्वस्थ्य र खाद्य अधिकारका अवस्था बारे सेवाप्रदायक र सेवाग्राही विच अन्तरक्रिया समेत गरिएको छ । उक्त कार्यक्रममा सेवाग्राहीले उठाएको जिज्ञासाको उत्तर दिदै…