बुद्धशान्ति । बुधबारे जेसीजले लकडाउनको समयमा रगतको अभाव हुन नदिन आज बृहत रक्तदान सम्पन्न गरेको छ । जेसीजले बुद्धशान्ति गाउँपालिकाको दुई स्थानमा चलाएको क्याम्पमा ९४ जनाले रक्तदान गरेका छन् । बुद्धशान्ति– १ को तीनतले सामुदायिक बनको सभाहलमा जेसी कुशल अधिकारीको संयोजकत्वमा र बुद्धशान्ति ६ को राधाकृष्ण मन्दिरमा जेसी आयुश निरौलाको संयोजकत्वमा रक्तदान कार्यक्रम सम्पन्न भएको…