तराईमा उदाउँदो चन्द्रमालाई अर्घ दिएर चौरचन पर्व मनाइँदै

सप्तरी । तराई मधेशका जिल्लाहरूमा शनिबार चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष गरी मधेशका जिल्लाहरूमा हिन्दू धर्मावलम्बीहरूले घरघरमा मनाउने गर्छन् । यो पर्व गणेश चतुर्थीका दिन साँझ व्रतालुहरूले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर मनाउने गर्छन् । भगवान गणेशको श्रापबाट मुक्त हुन…