पार्थ मण्डल - झापा : नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सम्झौताविपरीत हल्दिबारी गाउँपालिकालाई राहतकाे चामल पठाएको खुलेकाे छ। एनएमसीले रञ्जित मन्सुली नामकाे राम्रो चामल दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेको थियो। तर, सम्झौताविपरीत एनएमसीले कम मूल्यकाे सोना मन्सुली चामल पठाएको छ। गाउँपालिका भने सम्झौता अनुसारकै चामल पाएकाे भन्दै ढुक्क परेकाे थियाे। गाउँपालिकाले जब प्राप्त चामल राहतमा वितरण गर्याे, त्यसपछि…