काठमाडौ । विकासको प्रकृयामा रहेको चिनियाँ खोपको दोस्रो चरणको परीक्षण पनि आशाजनक देखिएको छ । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ले खोप सुरक्षित र प्रभावकारी देखिएको छ । खोपले प्रतिरोधी क्षमता विकास गरेको सिन्ह्वाले उल्लेख गरेको छ । उक्त खोपको दोस्रो चरणको क्लिनिकल ट्रायलको ‘डाटा’ अमेरिकी मेडिकल असाेसिएसनको जर्नलमा प्रकाशन गरिएको छ ।…